Logo

राज्य व्यवस्था समितिमा बहालवाला गृहमन्त्रीलाई पूर्व गृहमन्त्रीको प्रश्नैप्रश्न



काठमाडौं,२८ माघ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी छ । जारी बैठकमा विभिन्न विषयमा छलफल भईरहेको छ । आजको बैठकमा उपप्रधान तथा गृहन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित रहेका छन् ।

आजको समिति बैठकमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गृहमन्त्री श्रेष्ठलाई प्रश्नै प्रश्नले घेरेका छन् ।

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीत पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकदेखि बादल पत्नी नैनकला थापा अनि बाँसबारी जग्गा प्रकरणका आरोपीत अरुण चौधरीसम्मका प्रश्नले गृहमन्त्रीलाई घेरेका हुन् ।

यस्ता छन् समिति बैठकमा बहालवाला गृहमन्त्री श्रेष्ठसँग पूर्व गृहमन्त्री लामिाछनेले राखेका प्रश्न

रामबहादुर थापा बादलका छोरा प्रतीककोबारे के छ अपडेट ?

इन्द्रजित राईका छोरा निरजकोबारे के छ अपडेट ?
– उनीहरूको अवस्था के हो ?नैनकला थापाको बारे के भयो ?
– बाँसबारी छाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीबारे के हो ?

यसअघि पनि पूर्वगृहमन्त्री लामिछाने र गृहमन्त्री श्रेष्ठबीच संसदीय समितिमै चर्काचर्की परेको थियो। यस पटक पनि रविले श्रेष्ठलाई घेर्ने कोसिश गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्