काठमाडौं । तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले २५ अोभरमा ३ विकेट गुमाएर १०० रन पूरा गरेको छ । क्यानडाका लागि नवनित दलिवाल ५० रन र हर्श थाकर १४ रनमा अविजित रहेका छन् । नेपालका लागि आकाश चन्द, हेमन्त धामी र कुशल मल्लले समान १ विकेट लिएका छन् ।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।
फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग- २ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।