Logo

डेब्यू खेलमा हेमन्तले लिए अर्को विकेट, नेपाललाई छैटौं सफलता



काठमाडौं । तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले ६ विकेट गुमाएको छ । क्यानडाको छैटौं विकेट नेपालका हेमन्त धामीले लिएका हुन् ।

४५.४ ओभरमा हेमन्त धामीको बलमा श्रेयास मोभ्भा आउट भएका छन् । उनी २९ बलमा २५ रन हिर्काएर आउट भए । हेमन्तले ओडीआईमा आज पहिलो डेब्यू हो । उनले यसअघि आज नेपालका लागि पहिलो सफलता दिलाएका थिए ।

ताजा अवस्थामा क्यानडाले ४६ अ‍ोभरमा ६ विकेट गुमाएर १८७ रन जोडेको छ ।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।

फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot