Logo

संसदीय समितिलाई पनि टेरेनन् शिक्षा मन्त्री राईले



काठमाडौं, २९ माघ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्तिबारे जानकारीका लागि आज (सोमबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई बोलाएको थियो । समितिले आफ्ना सदस्यहरुलाई सोहीअनुसार जानकारी गराएका थियो । सदस्यहरु निर्धारित समयमै उपस्थित भएपनि शिक्षा मन्त्री राई भने समितिको बैठकमा सहभागी भएनन् । उक्त बैठक छल्न मन्त्री राईले राज्यमन्त्रीलाई पठाए ।

मन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएपछि समितिका सदस्यहरु आक्रोशित भएका छन् । राज्यमन्त्रीले त्रिविको उपकूलपति नियुक्तिबारे भएको प्रगतिबारे जानकारी गराईन् । आफू राष्ट्रिय सभा बैठकमा जानुपर्ने भन्दै थप जानकारी सचिवले गराउने बताईन् । मन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने ठाउँमा राज्यमन्त्री उपस्थित भएको र प्रश्नहरुको जवाफ दिनुपर्ने ठाउँमा सचिवलाई जिम्मा लगाएपछि सांसद्हरु आक्रोशित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot