Logo

क्यानडाविरुद्ध ८ चौकासहित अनिलले हिर्काए अर्धशतक



काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका लागि ओपनर अनिल साहले अर्धशतक प्रहार गरेका छन् । उनले ५१ बलमा ८ चौकासहित ५० रन जोडेका छन् ।

तीन खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा शनिबार पनि अनिलले अर्धसतक बनाएका थिए।

त्यस खेलमार्फत उनी सबैभन्दा कम बलमा एकदिवशीय अन्तर्राष्ट्रिय अर्धसतक बनाउने नेपाली ब्याट्सम्यान बनाएका थिए।

ताजा अवस्थामा नेपालले १६ ओभरमा १ विकेट गुमाएर ९० रन जोडेको छ । नेपालको क्रिजमा अनिल र भीम सार्की रहेका छन् ।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।

फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग २ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot