Logo

अनिल र भीमको शानदार शतकमा नेपालले गर्‍यो क्यानडाविरुद्धको सिरिज क्लिन  स्वीप



काठमाडौं,२९ माघ । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाविरुद्ध शानदार जित निकाल्दै नेपालले सिरिज क्लिन स्विप गरेको छ ।

 यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिला साह र भीम सार्कीले करिअरकै पहिलो शतक प्रहार गरे ।

१२४ बलको सामना गरेर नटआउट रहेका अनिलले १२ चौकबा र २ छक्का हिर्काउँदै ११२ रन जोड्दा अविजित रहेका भीम १२९ बलमा ११ चौका र १ छक्काको मद्दतमा १०१ रन जोडे । ओपनर कुशल भूर्तेल १३ रनमा आउट भए ।

यस्तै नेपालका लागि एकै इनिङ्ग्समा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो। 

साथै दुईबीच नेपालका अहिलेसम्मकै उच्च साझेदारी समेत हुन सफल भयो। उनीहरुले नटआउट १८९ रनको साझेदारी भयो।यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो। सो साझेदारी कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि गरेका थिए।

क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot