Logo

कांग्रेस महासमिति बैठकः यी हुन् आवास समन्वय उपसमितिका १० सदस्य



काठमाडौं, २९ माघ । नेपाली कांग्रेसले आसन्न महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा “आवास समन्वय उपसमिति” बनाएको छ । उक्त उपसमितिमा १० जना सदस्य मनोनयन गरिएको छ ।

सदस्यहरूमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, सांसद, बागमती
बागमती प्रदेशका पार्टी सह–महामन्त्रीद्वय ऋषिराम घिमिरे, जीवन डंगोल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, कांग्रेस ललितपुरका सचिव एवं कोन्जेसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरे, कांग्रेस ललितपुरका सह–सचिव एवं माहांकाल गाउँपालिका अध्यक्ष गणेश केसी, बागमती गाउँपालिका, ललितपुरका अध्यक्ष बीरबहादुर लोप्चन र गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot