Logo

एमाले उपाध्यक्ष बादलले पनि दिए जनयुद्ध दिवसको शुभकामना



काठमाडौं,१ फागुन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जनयुद्ध दिवसको शुभकामना दिएका छन् । पूर्व गृहमन्त्री तथा तत्कालीन नेकपा माओवादीका सैन्य कमाण्डर रहेका थापाले मंगलबार सामाजिक सञ्जालमार्फ जनयुद्धको शुभकामना दिएका हुन् । उनले शुभकामनामा शहीद, घाइते तथा वेपत्ता परिवारलाई सम्झिँदै सम्मान व्यक्त गरेका छन् ।

उनले भनेका छन्–‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

थापा तत्कालीन नेकपाको एकता बदर भएपछि माओवादी छाडेर एमालेमै बसेका हुन् । एमालेमा बसेपछि राष्ट्रिय सभा सदस्यको पद गुमाएका उनले केही दिनका लागि श्रीमती नैनकला थापालाई सूचना तथा सञ्चार प्रविधिमन्त्री बनाएका थिए । नेपालकै पहिला महिला सञ्चारमन्त्री बनेकी नैनकला हाल एमालेकी समानुपातिका सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस्