Logo

जनयुद्धका नाममा भएको सशस्त्र आन्दोलनलाई राजनीतिक कार्यदिशामा बदलिएको हो: शंकर पोखरेल



काठमाडौं,१ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले जनयुद्धका नाममा सुरु भएको सशस्त्र आन्दोलनलाई राजनीतिक कार्यदिशामा बदलिएको दाबी गरेका छन्।

मंगलबार बिहान उनले जनयुद्धका नाममा सुरुभएको सशस्त्र आन्दोलनलाई १२ बुँदे सहमतिमार्फत शान्तिपूर्ण जनआन्दोलनको राजनीतिक कार्यदिशामा बदलेपछि गणतन्त्र आएको बताएका हुन्।

सामाजिक सञ्जालमा उनले भनेका छन् ‘जनयुद्धका नाममा सुरुभएको सशस्त्र आन्दोलनलाई १२ वुँदे सहमति मार्फत शान्तिपूर्ण जनआन्दोलनको राजनीतिक कार्यदिशामा वदल्न तयारहुनुको परिणाम हो आजको संघिय लोकतान्त्रिक गणतन्त्र । यो सच्चाईलाई आत्मसात नगर्दासम्म माओवादी आन्दोलन अस्थिरताको कारक बनिरहनेछ।’



प्रतिक्रिया दिनुहोस्