Logo

माल्दिभ्सविरुद्ध रुबिनाको शानदार अर्धशतक



काठमाडौं,१ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभसविरुद्ध ब्याटिङ गरिरहकेो छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।

राम्रो प्रदर्शन गर्ने क्रममा नेपाली टिमकी अलराण्डर एवं पूर्व कप्तान रुबिना बेल्बासे क्षेत्रीले शानदार अर्धशतक प्रहार गरेकी छन् । उनले ३५ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोड्दै अर्धशतक हिर्काएकी हुन ।

ताजा अवस्थामका नेपालले १३ ओभरमा ४ विकेट गुमाएर १२२ रन जोडेको छ । ेनपालको क्रिजमा अहिले रुविना क्षेत्री ५३ तथा पूजा महतो २३ रन बनाएर खेलिरहेका छन् ।

समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।



प्रतिक्रिया दिनुहोस्