Logo

आक्रामक ब्याटिङ गर्दै माल्दिभ्सविरुद्ध रुबिनाले हिर्काइन् कीर्तिमानी शतक



काठमाडौं,१ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभसविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । राम्रो प्रदर्शन गर्ने क्रममा नेपाली टिमकी अलराण्डर एवं पूर्व कप्तान रुबिना बेल्बासे क्षेत्रीले शानदार कीर्तिमानी शतक प्रहार गरेकी छन् । उनले ५४ बलको सामना गर्दै १० चौका र ३ छक्काको मद्दतमा १०२ रन जोड्दै शतक हिर्काएकी हुन ।

ताजा अवस्थामका नेपालले १८ ओभरमा ४ विकेट गुमाएर १८८ रन जोडेको छ । नेपालको क्रिजमा अहिले रुविना क्षेत्री १०२ तथा पूजा महतो ३९ रन बनाएर खेलिरहेका छन् ।

समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot