Logo

कांग्रेसको स्वास्थ्य समन्वय उपसमितिमा ८ सदस्य मनोनीत



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित “स्वास्थ्य समन्वय उपसमिति” मा ८ सदस्य मनोनीत भएका छन ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला नेपाल केसी। को संयोजकत्वमा गठित उक्त समितिमा आज ८ सदस्य मनोनीत गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिको सदस्यमा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा। अनिलविक्रम कार्की, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा। वंशदीप शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, डा। अबुल हुसेन अन्सारी, डा। विक्रान्त बस्नेत, धनप्रसाद पौडेल, दीपक मुडवरी र डा। सञ्जीवकुमार यादवलाई चयन गरेको हो । कांग्रेसले महासमिति तयारीका लागि गठित उपसमितिहरूलाई धमाधम पूर्णता दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्