Logo

रामग्राम परियोजनाको सम्झौता खारेज



काठमाडौं । नवलपरासीको रामग्राममा रहेको भगवान गौतम बुद्धको समाधिस्थल रामग्राम परियोजनाको समझौता रद्द भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो परियोजना खारेज गर्ने निर्णय गरेको हो ।

रामग्राम परियोजन ९९ वर्षसम्म एउटा निजी कम्पनीलाई लिजमा दिने सम्झौता भएको थियो । बिना प्रतिस्पर्धा निजी कम्पनीलाई दिने निर्णयबारे संसद्देखि संसदीय समितिसम्म प्रश्न उठेको थियो । सोमबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि सो निर्णय सच्याउन निर्देशन दिएको थियो ।

लेखा समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot