Logo

श्रीमान जीवितै हुँदा मृत्युदर्ता बनाएर भत्ता खाने र भत्ता दिलाउने वडा सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौं,१ फागुन । श्रीमान् जीवितै छँदा एकल महिला भनी ‘एकल महिला भत्ता’ खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने वडा सचिव भ्रष्टाचार मुद्दामा दोष ठहर भएका छन् ।

मंगलबार विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरका तत्कालीन वडा सचिव शिवकुमार महत्तो र एकल महिला भनी भत्ता खोन निर्मला खत्री भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् ।

अदालतले वडासचिव महतो र भत्ता लिने खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

अख्तियारले गत मंसिरमा ‘मिलेमतोमा खत्रीको जीवित श्रीमान्‌को मृत्यु भएको भनी निर्मला खत्रीबाट सूचना लिई बदनियत पूर्वक आधिकारिकता कुनै छानबिन नगरी, कानुन बमोजिम कागजातहरू समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाउन, मृत्युको सूचना फारम भरी जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखित तयार गरी, मृत्यु दर्ता अभिलेख तयार पारी एकल महिला परिचय पत्र बनाई रु ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot