Logo

माओवादी विधान अधिवेशनः २० समूह बनाएर छलफल थालियो, को-को भए टोली नेता ?



काठमाडौँ, १ फागुन । राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ ।

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

भोलि बुधबार अपराह्न १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइनेछ ।

  तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ । 

एउटा समूहमा सहभागीमध्येबाट ५० देखि ५५ जना रहने र समूहमा भएको छलफलको निष्कर्ष टोली नेताहरुले हलमा पेस गर्नेछन् । समूहहरूले प्रज्ञाभवनको हल, नाचघर जमलको हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल गर्नेछन् ।

यी हुन् २० समूहका टोली नेता

समूह १ : अञ्जना विशंखे

समूह २ : अमृता थापा

समूह ३ : ओनसरी घर्ती

समूह ४ : कमला रोका

समूह ५ : काली बहादुर मल्ल

समूह ६ : कुल प्रसाद केसी

समूह ७ : खगराज भट्ट

समूह ८ : गणेश मान पुन

समूह ९ : जयपुरी घर्ती

समूह १० : जोखबहादुर महरा

समूह ११ : नारायणप्रसाद दाहाल

समूह १२ : परशुराम तामाङ

समूह १३ : पूर्णकुमारी सुवेदी

समूह १४ : प्रह्लाद बुढाथोकी

समूह १५ : महेश्वरजंग गहतराज

समूह १६ : विश्वनाथ साह

समूह १७ : यशोदा सुवेदी

समूह १८ : शशी श्रेष्ठ

समूह १९ : सत्य पहाडी

समूह २० : हकिकुल्ला खाँ



प्रतिक्रिया दिनुहोस्