Logo

दीपेन्द्रले नामिबियाविरुद्धको खेल गुमाउने



काठमाडौं,२ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले बिहीबारबाट सुरु हुन लागेको त्रिदेशीय लिग-२ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेल गुमाउने भएका छन् ।

दीपेन्द्र यूएई क्रिकेट बोर्डले आयोजना गरेको इन्टरनेसनल लिग २ खेल्न दुबई पुगेका छन् । दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्सले आज राति ८:१५ मा एमआई इमिरेट्ससँग पहिलो क्वालिफायर खेल्दैछ । सोही खेलका कारण दीपेन्द्रले नामिबियासँगको खेल गुमाउने पक्का भएकोहो ।

दीपेन्द्र क्यानडाविरुद्धको सिरिजमा पनि टिममा थिएनन् । उनको स्थानमा पवन सर्राफले मौका पाएका थिए । लिग २ मा दिीपेन्द्र अनुपस्थित भए उनको स्थानमा देव खनाल र पवनमध्ये एक जनाले मौका पाउनेछन् । देव र पवन दुवै अलराण्डर हुन् ।

नेपाली समय अनुसार आज रातको ८:१५ बजे दीपेन्द्र सम्मिलित जायन्टसले एमआई इमिरेट्सको सामना गर्दैछ । आजको खेल जिते टोली सिधै फाइनल पुग्नेछ । आज हारेको अवस्थामा भने भोली दोस्रो क्वालिफायरमा टोलीले फाइनल पुग्न दोस्रो प्रयास गर्नेछ । फाइनल शनिबार हुनेछ ।

आज पराजित हुँदा भोलि (बिहीबार) दोस्रो क्वालिफायर खेल्नुपर्ने हुन्छ । उक्त खेलमा पराजित भएमा मात्रै दीपेन्द्र नेदरल्यान्ड्ससँगको खेलमा उपलब्ध हुनेछन् । तर, यदि फाइनलमा पुगेको खण्डमा भने दीपेन्द्रले सुरुआती दुई खेल गुमाउने पक्का छ ।



प्रतिक्रिया दिनुहोस्