Logo

प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरुलाई पनि प्रेम दिवसको धेरै-धेरै शुभकामना: समीक्षा



काठमाडौं,२ फागुन । चर्चित गायिका समीक्षा अधिकारीले भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको शुभकामना दिँदै मनदेखि सच्चा, सफा र इमान्दार माया गर्ने जोडिहरुको लागि ३६५ दिन नै प्रेम दिबस भएको बताएकी छन् ।

भ्यालेन्टाइन डेका काममा बढ्दो विकृतिप्रति व्यंग्य गर्दै अधिकारीले भ्यालेन्टाइने डेको दिन प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरुलाई भन्दै शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत् उनले इमानदार जोडीलाई प्रेम व्यक्त गर्न भ्यालेन्टाइन डे जरुरी नपर्ने पनि बताउँदै लेखेकी छन् ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरुलाई पनि प्रेम दिबसको धेरै-धेरै शुभकामना मनदेखि सच्चा, सफा र इमान्दार माया गर्ने जोडिहरुको लागि त ३६५ दिन नै प्रेम दिबस हो।’



प्रतिक्रिया दिनुहोस्