Logo

एमालेले डाक्यो सचिवालय बैठक



काठमाडौं,२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले भोलि दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकेको हो ।

पार्टी मूख्यालय च्यासलमा बस्ने बैठकमा समसामयीक विषयका साथै आगामी केन्द्रीय समिति बैठकमा राख्ने एजेण्डा तय गर्नेछ । एमालेले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय समितिको बैठक डाक्ने तयारी गरिरेहको छ ।

सचिवालय बैठक अघि आज एमालेले कार्यालय बैठकसमेत डाकेको छ । बैठक केहीसमय पछि बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्