Logo

माओवादीमा ‘टिके प्रथा’ रोक्ने प्रयास, प्रचण्डले पनि एक दशकभन्दा नेतृत्व गर्न नपाउने



काठमाडौं, ३ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीको विधान महाधिवेशनमा सबै समितिका पदाधिकारीहरु प्रत्यक्ष निर्वाचित प्रणालीबाट निर्वाचित हुनुपर्ने र एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउनेबारे छलफल भइरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यी विषयमा छलफल भएको बताएका हुन् ।

‘हामी कमिटी कसरी बनाउने भन्ने कुरामा हामीले प्रत्यक्ष निर्वाचित प्रणालीबाट समितिहरुको चुनाव र त्यसपछि पदाधिकारीहरुको चुनाव प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरेर ल्याउनुपर्छ भन्ने कुरा भयो । कार्यकालको हिसाबले पदाधिकारीहरुको हकमा बढीमा एउटै पदमा दुई कार्यकाल रहने भन्ने कुरामा छलफल भइरहेको छ,’– उनले भने ।

साथै, मामाओवादी कु्न दर्शनबाट गाइडेड हो ? र कुन वर्गको नेतृत्व गर्छ भन्ने कुरा सैदान्तिक रुपमा प्रस्थावनामा राख्नेबारे पनि छलफल भएको उनले बताए । साथै, उनले संगठनिक संरचना संघीय व्यवस्थामा जे व्यवस्था राखिएको छ यसैलाई नै स्थापित गर्ने गरी बनाउनेबारे छलफल भएको बताए ।

साथै, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा आफ्नो विकल्प खोज्न सुझाव दिएपनि अहिले नै प्रचण्डको विकल्प नरहेको उनले बताए ।

‘अब हामीले हाम्रो पार्टीमा अहिले पनि प्रचण्डको विकल्पका बारेमा बहस गर्ने कि नगर्ने भन्ने कुरामा अध्यक्ष आफैंले मेरो विकल्पमा पनि बहस, छलफल गर्न सकिन्छ आफैंले भन्नुभयो । हामी माओवादी पार्टीको आम बुझाइ के हो भने तत्काल प्रचण्डको विकल्प अर्को छैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्