Logo

बाबुराम भट्टराईले खुलासा गरे ‘बाबुराम टोपी’ को अन्तर्कथा



काठमाडौं, ३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष (तत्कालीन माओवादीका उपाध्यक्ष) डा. बाबुराम भट्टराईले लगाएको अमेरिकन ह्याट ‘बाबुराम टोपी’ को रुपमा चर्चित छ । उक्त टोपीले ‘बाबुराम टोपी’ को बाण्ड नै पाएको छ । बाबुरामले उक्त टोपी कहिलेदेखि लगाए र कुन प्रयोजनका लागि उक्त टोपी रोजेका थिए ? उनलाई कसले उक्त टोपी लगाउन सिफारिस गरेको थियो ? भन्ने कुरा अहिलेसम्म गुपचुप नै थियो । तर, बाबुरामले आज ती सबै कुराको खुलासा गरेका छन् । उनले सामाजिक सञ्जालमा उक्त टोपीभित्रको अन्तर्कथाबारे यस्तो लेखेका छन्ः

२०५९ माघ फागुनको कुरा हो। तत्कालीन माओवादी र सरकारबीच युद्धविराम घोषणा भयो । मेरो नेतृत्वमा माओवादी वार्ता टोली गठन भएर काठमाडौंमा खुला हुने निर्णय भयो। खुला हुने दिन कुन भेषमा प्रस्तुत हुने ? भन्ने प्रश्न उठ्यो ? वार्ता भंग भएर फेरि भूमिगत हुनुपर्ने हुनसक्थ्यो। टोरबहादुर रायमाझीकी पत्नी माया रायमाझीसँगै हुनुहुन्थ्यो । मैले भने– ‘लौ बैनी, तपाईंले आइडिया निकाल्नोस् त । जे मनलाग्छ बजारबाट ल्याउनोस्।’

उहॉले यही टोपीसहितको ड्रेस किनेर ल्याउनुभयो । हामी चैतमा काठमाडौंमा यही टोपीसहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सार्वजनिक भयौं । चार महिनापछि वार्ता भङ्ग भएर हामी पुनः भूमिगत भयौं । टोपी चाहिं ‘ बाबुराम टोपी’ को ब्राण्ड बनेछ ।



प्रतिक्रिया दिनुहोस्