Logo

ललितले लिए नेपालविरुद्ध पहिलो ओडीआई खेलिरहेका डेभिनको विकेट



काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियालाई पहिलो झट्का लागेको छ ।

नामिबियाले पहिलो पटक नेपालविरुद्ध ओडीआई खेल खेलिरहेका ओपनर निको डेभिनलाई पहिलो विकेटका रुपमा गुमाएको हो । उनी १६ बलमा १५ रन जोडेर आउट भए ।

स्पिनर ललितको बलमा ठूलो सट खेल्ने धुनमा डेभिन टप एज लागेर कुशल भुर्तेलबाट सहज क्याच आउट भएका छन् ।

ताजा अवस्थामा नामिबियाले १ विकेट गुमाएर ३० रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot