Logo

सोमपालले लिए एकै ओभरमा २ विकेट, खेलमा फर्किन संघर्ष गर्दै नेपाल



काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो विकेट गुमाएको छ ।

नेपालले २१ औं ओभरमा लगातार २ विकेट निकालेकबो छ । २०।३ ओभरमा सोमपाल कामीको बलमा जेरार्ड एरास्मस (कप्तान) आउट भएका छन् । उनी ८ रनमा आउट भएका हुन् ।

उनी सोमपाल कामीको सट बल टप एज लागेर मिडअनमा पवन सरार्फबाट क्याच आउट भएका थिए भने त्यहि ओभरको पाँचौ बलमा सोमपाल कामीकै बलमा जान फ्रिलिंक आउट भएका छन् । उनी ३४ रन जोडेर आउट भए । ताजा अवस्थामा नामिबियाले ४ विवेट गमाएर ८२ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot