Logo

राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन (पूर्णपाठ)



काठमाडौं,३ फागुन । निर्वाचन आयोगले आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ अनुसार निदेशन दिएको हो ।

‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने’, आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्