Logo

क्लासिक टेकद्वारा तीन सय कर्मचारी माग



काठमाडौं, ३ फागुन । क्लासिक टेकले नेपालभरी तीन सय कर्मचारी माग गरेको छ । कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरु साथै, प्राविधिक विभाग, फाइबर विभाग लगायत छन् । योग्यता पुगेका तथा ईच्छुक उम्मेदवारहरुले उल्लिखित पदहरुका लागि आवेदन दिनसकिने कम्पनीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot