काठमाडौं, ३ फागुन । विशेष अदालतले ६५ जना ब्यक्तिको नाममा दर्ता भएको ललिता निवासको जग्गा जफत हुने फैसला सुनाएको छ । आज (बिहीबार) उक्त मुद्दामा विशेष अदालतले कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको हो ।
विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको हो।