Logo

रेखा थापाको फिल्म ‘उपहार’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ४ फागुन । आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज (शुक्रबार) ओएसआर डिजिटल युट्युब च्यानलमार्फत उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फुटपाथमा व्यापार गर्नेहरुलाई महानगरले रोकेपछि र महानगरले सर्वसाधरणको घर भत्काएपछिको उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्