Logo

नेपालले दियो मलेसियालाई ११६ रनको मध्यम लक्ष्य



काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मेलिसियालाई ११६ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्न सक्यो ।

नेपालका लागि कविता कुँवरले २३, इन्दू बर्मा २९, रुबिना क्षेत्रीले २० र डल्ली भट्टले २३ रन जोडे । ओपनर सीता राना मगर ६ रनमा आउट हुँद्या कविता जोशीले २ रन थपिन् । नेपालले अतिरिक्तमा १० रन पाएको थियो ।

आजको खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । अर्को समूहबाट थाइल्याण्डलाई ४ रनले हराउँदै यूएई फाइनलमा पुगेको छ ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल भिड्न लागेका हुन् ।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतक हानेकी थिइन् । यस प्रतियोगितामा नेपाल र मलेसिया दुबै अपराजित छन् । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेटले तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । मलेसियाले समूह सी बाट इन्डोनेसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot