Logo

राजनीति र राज्यप्रति आशा जगाउन सकिएन भने प्रगतिको गति धिमानै हुन्छः विश्वप्रकाश शर्मा



काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति र राज्यप्रति नागरिकको आशा र विश्वास जगाउन नसकेको खण्डमा जोकसैले नेतृत्व गरेपनि देशको प्रगतिको गति धिमानै हुने बताएका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा पेश भएको महामन्त्री शर्माको राजनीतिक प्रस्तावमा सरकार–प्रतिपक्ष, जित–हार सबै चलिरहने प्रक्रिया भएपनि प्रतिस्पर्धाको साझा मैदान राजनीति र राज्यप्रति नागरिकको आशा र विश्वास जगाउन सक्नुपर्ने उल्लेख छ ।

शान्ति स्थापना, नागरिककै प्रतिनिधिले संविधानसभा मार्फत नयाँ संविधान निर्माण नागरिककै मतबाट निर्वाचित जनप्रतिनिधिबाट बनेको तीन तहको सरकार हुँदा पनि नागरिकमा निराशा बढ्दै जानुको कारण खोजी गरेर निराकरणको बाटोतर्फ लाग्नुपर्ने उनले उल्लेख गरेका छन् ।

०६२/६३ को आन्दोलन पछिको अवधिमा कांग्रेस आठौं पटक, नेकपा (एमाले) नौ पटक र माओवादी पनि पटक–पटक सरकारमा सहभागी भइसकेको उल्लेख गर्दै उनले. अब नागरिकमा रहेको विकर्षणको कारण पहिचान गरेर त्यसको अन्त्य गर्ने पहल कदमी लिनु सबैको कर्तव्य हुन आएको उनले उल्लेख गरेका छन् ।

राजनीतिप्रति नागरिकमा भरोसा जागृत गराउँदा त्यसले देशप्रतिको भरोसा स्वभाविक रुपले अभिवृद्धि हुन्छ भन्ने तथ्य सबैले साझा ढंगले आत्मसात गर्न जरुरी रहेको उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्