Logo

मन्त्री ज्वालाका कारण बालकुमारी घटना घटेको जाँचबुझ आयोगको निश्कर्ष



काठमाडौं, ४ फागुन । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

आज (शुक्रबार) आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेल नेतृत्वको उक्त जाँचबुझ आयोगले घटनाको मुख्य कारकको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई औंल्याएको छ । मन्त्री ज्वालाकै असंयमताले यति ठूलो घटना घट्न पुगेको जाँचबुझ आयोगको निश्कर्ष छ ।

ईपीएस कोरिया भाषा परीक्षा विवादका क्रममा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनरत प्रदर्शनकारीहरुको समूह भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सोहीबाट आएपछि झनै आक्रमक बनेको थियो । उनीहरुले मन्त्री ज्वालाको गाडीसमेत जलाएका थिए । उक्त घटनालाई लिएर मन्त्री ज्वालाको व्यापक आलोचना समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot