काठमाडौं, ५ फागुन । नेपाली काङ्ग्रेसको महासमिति बैठकको लागि गठित स्वयंसेवक परिचलान उपसमितीको बैठक सम्पन्न भएको छ । समितिका संयोजक काङ्ग्रेस केन्द्रिय सदस्य एवं नवनिर्वाचित राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतको शभापतित्वमा बसेको बैठकमा स्वयंसेवक खटाउने विषयमा बृहत् छलफल भएको थियो । बैठकमा भातृ संगठनका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
समितिका संयोजक बस्नेतले स्वयंसेवक खटिने विषयमा निर्देशन गरेका थिए । स्वयंसेवकबाट कुनै पनि कमि कमजोरी नहोस् भनी संयोजक बस्नेतले स्वयंसेवक खटिने कुरालाइ गम्भीर र जिम्मेवार रुपमा लिनुपर्ने बताए ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले महासमितिको वैठकमा तरुण दलबाट खटिने स्वयंसेवक पूर्ण रुपले जिम्मेवार र अनुशासित हुनुपर्ने बताए । तरुण दलबाट खटिने कुनैपनि स्वयंसेवकको बिषयमा गुनासो आयो भने तत्काल कारबाही गरिनेसमेत उनले बताए ।