Logo

समाजवादी मोर्चाको कमाण्डरमा विप्लव, नेतृत्वबाट बाहिरिए माधव



काठमाडौं,६ फागुन । ४ कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको संयोजक परिवर्तन भएको छ ।
आज बसेको मोर्चाको बैठकले यसअघिका संयोजक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विस्थापित गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई संयोजक बनाएको हो ।

मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए ।

गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस्