काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठकमा सांसदहरूले सोधेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन्।
आजको बैठकका लागि सम्भावित कार्यसूचीको बुदा नम्बर २ मा सांसदहरूले सोधेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख छ।
यसअघि गत माघ २४ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए।
त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद् सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरूलाई भनेका थिए।