Logo

संसद्मा एमालेको एक स्वर: मन्त्री ज्वालालाई तत्काल बर्खास्त गरियोस्



काठमाडौं,६ फागुन । नेकपा एमालेले बालकुमारी घटनाका मुख्य दोषी ठहर भएका भौतिक पूर्वाभार तथा यातायात्रमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले सचेतक महेश बर्तोलाले सरकारसँग सो माग गरेका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधामन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेकोमा एमाले सांसदहरूले उठेर बैठकको कारबाही रोकेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।

बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरे ।

उनले घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताए । ‘सामान्य सिपाहीहरुलाई कारबाहीको दण्ड, मन्त्रीलाई उन्मुक्ति ? यो हुनसक्दैन सभामुख महोदय । सिपाहीलाई दण्डा, मन्त्रीलाई झण्डा, जनतालाई ऐन, ठूला मन्त्रीहरुलाई चैन ! यो कुन खालको विधिको शासन हो ? सरकारको सुशासन यही हो ? त्यो घटनामा जोडिएका मन्त्रीहरुलाई अबिलम्ब बर्खास्त गरियोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्