Logo

रामग्राम परियोजना प्रधानमन्त्रीका घरबेटीको छोरालाई सुम्पिने पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर्न एमालेको माग



काठमाडौं,६ फागुन । नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । आज बसेको प्रतिनिधि सभाको बकैठकमा सभामुख देवराज घिमिरेले बैठकको सुरुवात गनाएसाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

एमाले सांसद्को विरोधपछि सभामुख घिमिरेले एमोल सचेतक महेश बर्तौलालाई बोल्ने समय दिएका थिए । सभामुखले समय दिएपछि बोल्दै बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरे । सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे ।

“प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,” उनले भने ।

त्यस्तै बर्तौलाले रामग्राम परियोजना बिना प्रतिस्पर्धा निजी कम्पनीलाई दिने पर्यटनमन्त्री सुदन किराँतीको पनि राजीनजामा मागेका छन् ।

“रामग्राम क्षेत्रमा घरबेटीको छोरालाई खुसी बनाउन ९९ रोपनी जग्गा दिने कोषका अध्यक्ष पर्यटनमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ,” उनले भने ।

उनले बालकुमारी घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताएका छन् ।

रामग्राम परियोजना प्रधानमन्त्रीका घरबेटीको छोरालाई सुम्पिने पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर्न एमालेको माग
काठमाडौं,६ फागुन । नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । आज बसेको प्रतिनिधि सभाको बकैठकमा सभामुख देवराज घिमिरेले बैठकको सुरुवात गनाएसाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

एमोल सांसद्को विरोधपछि सभामुख घिमिरेले एमोल सचेतक महेश बर्तौलालाई बोल्ने समय दिएका थिए । सभामुखले समय दिएपछि बोल्दै बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरे । सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे ।

“प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,” उनले भने ।

त्यस्तै बर्तौलाले रामग्राम परियोजना बिना प्रतिस्पर्धा निजी कम्पनीलाई दिने पर्यटनमन्त्री सुदन किराँतीको पनि राजीनजामा मागेका छन् ।

“रामग्राम क्षेत्रमा घरबेटीको छोरालाई खुसी बनाउन ९९ रोपनी जग्गा दिने कोषका अध्यक्ष पर्यटनमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ,” उनले भने ।

उनले बालकुमारी घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्