Logo

बसिरको अर्धशतकमा नेपाल ‘ए’ ले दियो क्यानडा–११ लाई २१७ रनको लक्ष्य



काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले क्यानडा ११ लाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा सुरुमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन जोड्यो ।

नेपाल ए का लागि बसिर अहमदले अर्धशतक हिर्काए । ५६ बलको सामना गरेका उनले ३ चौका र १ छक्कासहित ५० रन जोडे । त्यस्तै रासिद खानले ४०, मयन यादवले ३६, किरन ठगुन्नाले २५, विवेक यादवले २३ र सन्दीप जोराले १४ रन जोडे ।

बलिङतर्फ क्यानडा ११ का साद विन जफरले ३ तथा इश्वरजोत सोहीले २ र डिलोन हेलिगर र हर्श थाकरले समान १ विकेट लिए

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot