Logo

एमालेले गरेको समृद्धिका लागि संकल्प यात्रामा मेरो पनि स्वामित्व छ: प्रचण्ड



काठमाडौं । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले गत मंसिरमा गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा आफ्नो पनि स्वामित्व रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले राखेको प्रश्न जवाफ दिँदै प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले एमालेले गरेको मध्यपहाडी लोकमार्गको यात्रा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा रेखांकन गरेको स्मरण गर्दै आफ्नो पनि स्वामित्व रहेको बताएका हुन् ।

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संकल्प यात्रापश्चात आफूहरूले बुझाएको ७७२ बुँदे सुझावको कार्यान्वयन कसरी भइरहेको छ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू यो विषयमा गहन भएको जानकारी दिए ।

“प्रतिवेदन बुझ्दै मैले मेरो पनि केही न केही स्वामित्व छ भनेको थिए । यातायात सन्जाललाई जोडेर आर्थिक सामाजिक सांस्कृतिक सन्तुलित विकास गर्ने मध्यपहाडी लोकमार्ग निर्माण गर्नुपर्छ भनेर मेरो पहिलो कार्यकालमा रेखांकन प्रस्ताव पारित गरिएको थियो । त्यहाँ नेकपा (एमाले) नेतृत्वको यात्रा कही न कही म छु भन्ने हो,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्