Logo

महासमिति बैठकको पूर्वसन्ध्यामा शेखर पक्षको छुट्टै भेला (तस्बिरहरु)



काठमाडौं,६ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक भोलिबाट सुरु हुँदैछ । भोलिबाट सुरु हुने महासमितिको बैठक ४ दिनसम्म जारी रहनेछ ।

महासमिति बैठकका लागि पेश गरिने विभिन्न् प्रतिवेदनहरु लेखन तथा छलफलका लागि नेताहरुलाई यतिबेला भ्याईनभ्याइ रहेको छ । कांग्रेसको महासमिति बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहित उपसभापति पूर्णबहादुर खड्का यतिबेला विभिन्न प्रतिवेदनलाई अन्तिम रुप दिन लागिपरेका छन् ।

नेताहरु आन्तरिक काममा व्यस्त रहँदा संस्थापन इतर समूहले भने आफूपक्षिय नेताहरु बोलाएर भेला गरेका छन् । संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नोता डा शेखर कोइरालालाई प्रमुख अतिथि बनाएर उनीहरुले राजधानीमा गुटको भेला गरेका हुन् ।

प्रमुख अतिथि नेता डा कोइराला सहभागी चियापान समारोह नाम दिईएको उक्त भेलामा संस्थापन इतर समूहका नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्