Logo

स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशी नियुक्त



काठमाडौं, ६ फागुन । स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्। उनले यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । उनी नेपाल चिकित्सक संघको कोषाध्यक्षसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot