Logo

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष भट्टराई र पूर्व सांसद थापासहितका नेता एमालेमै फर्किए



काठमाडौं । नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज एबम् पूर्व सांसद महेन्द्र थापा, जिल्ला अध्यक्ष आर सी भट्टराई, जिल्ला सचिव श्री बहादुर गुरुङ र जिल्ला उप सचिव राजेन्द्र मरासिनी लगायतका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमका बीच नेताहरुलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले स्वागत गरेका छन् । उनले पार्टीमा प्रवेश गर्ने सबै नेताहरुलाई बिना कुनै भेदभाव उचित जिम्मेवारी दिईने बताएका छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले घर फर्किएकाहरूलाई भेदभाव नगरी सम्मानजनक जिम्मेवारी दिइने बताए । यसअघि नेकपा एसका तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ पनि नेकपा एमालेमा फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot