Logo

त्रिविको भिसी नियुक्तिमा प्रधानमन्त्रीले वाचा पूरा गर्नुभएनः प्रदीप पौडेल



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाचा पूरा नगरेको टिप्पणी गरेका छन् । खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी बनाइएको उनको दाबी छ । उनले प्रधानमन्त्रीको भित्री नियतमा कुनै परिवर्तन नदेखिएको उनले बताएका छन् । नियुक्ति प्रक्रिया आम नागरिक सामू सार्वजनिक गनुपर्ने उनको माग छ ।

‘त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्रीले गर्नुभएको बाचा पुरा भएन । खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइयो ।’ उनले सामासजिक सञ्जालमा लेखेका छन्, ‘भित्री नियतमा कुनै परिवर्तन देखिएन । नियुक्ति कसरी गरिएको हो ? त्यसको सम्पूर्ण प्रक्रियाका बारेमा आम नागरिकका सामू सार्वजनिक गरियोस् ।’



प्रतिक्रिया दिनुहोस्