काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु भएको छ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु भएको हो । बैठकमा छलफलका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्तावसँगै, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पनि पेस हुनेछ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
पूर्णपाठ पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्ः उपसभाति खड्काले पेश गरेको नीति प्रस्तावमा के छ