Logo

श्रेयास मोभ्भाको अर्धशतकमा क्यानडा-११ ले दियो नेपाल ‘ए’ लाई २४१ रनको लक्ष्य



काठमाडौं, ८ फागुन । क्यानडा-११ ले एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ लाई २४१ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा-११ ४९।५ ओभरमा २४० रन जोड्दै अलआउट भयो । क्यानडा ११ का लागि श्रेयास मोभ्भाले अर्धशतक प्रहार गरे । उनले ६८ रन जोड्दा नवनित दलिवालले ४६, आरोन जोनसोनले ३६ तथा श्रीमन्था विजयरत्नेले ४१ र डिलोन हेलिगले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका साहब आलम र रासिद खानले समान तीन तथा शेर मल्लले २ तथा सागर ढकाल रबसिर अहमद समान १ विकेट लिए ।

यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।

आज नेपाल ‘ए’ को टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन् । उनले स्थानमा सन्दीप जोराले कप्तानी सम्हालिरहेका छन् ।

नेपालको प्लेइङ-११: अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल

बेन्च- सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी



प्रतिक्रिया दिनुहोस्

Screenshot