Logo

राजेन्द्रलाई ओलीको जवाफ: कोशीमा हामीले धोका दिएका होइनौं, तपाईहरुले त्यस्तो ठान्नु हुँदैन



काठमाडौं,८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा राप्रपालाई आफूहरुले कुनैपनि धोका नदिएको प्रष्ट पारेका छन् ।

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा राप्रपा र एमालेले कोशी प्रदेशमा तालमेल गरेका थिए । तालमेलको सहमति अनुसार राप्रपाले एमालेकी रुक्मिणी कोइराला र एमालेले राप्रपाका उद्धव पौडेललाई सघाउने सहमति भएको थियो । तालमेल गरेर चुनाव लड्दा सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी कोइराला निर्वाचित हुँद्या राप्रपाका पौडेल भने पराजित भएका थिए ।

कोशी निर्वाचनको परीणाम पछि राप्रपाले एमोलले आफ्नो दललाई धोका दिएको टिप्पणी गरेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले त विज्ञप्ति निकालेरै एमालेले राजनीतिक बेइमानी गरेको आरोप लगाएका थिए । ारप्रपाको आरोपबारे हालसम्म मौन रहँदै आएका पूर्व प्रधानमन्त्तीसमेत रहेका ओलीले आजबाट सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राप्रपालाई धोका नदिएको प्रष्ट पारेका हुन् ।

यो पनि

ओलीले भने, ‘चुनावको नतिजा आइसकेपछि एमालेले बेइमान गर्‍यो, धोका दियो भनेर लाञ्छित गरेको सुने । मैले उहाँहरूको कतै प्रतिवाद गरिन् । उहाँहरूको मत ३९४ मात्रै आयो कि धेरै आयो । केही मात्रैले नपुगेको कि धेरैले ? त्यतिका मत एमालेका नभएर आकाशबाट आए । केही भोट बिग्रिए होला । राप्रपाको बिग्रिएको हुनपनि सक्छ । त्यसैले राप्रपाका प्रवक्ता भन्ने व्यक्तिले सीधै पूर्वाग्राही ढंगले एमालेविरोधी भावना रहेको भन्ने देखिन्छ ।’

ओलीले एमालेले धोका दियो भनेर नसोच्न राप्रपालाई आग्रहसमेत गरेका छन् । उनले भने, ‘हामीले सहमति गरेको राप्रपाले जितेन, हाम्रो बेइमानीले होइन । संस्थागत बेइमानी होइन । व्यक्तिले गरेको भए थाहा भएन । त्यसैले प्रवक्ताको अभिव्यक्ति अनुचित छ । राप्रपाले त्यस्तो व्यवहार अवलम्बन गर्न हुँदैन ।’ file photo



प्रतिक्रिया दिनुहोस्