Logo

क्यानडा-११ विरुद्ध ब्याटिङ गरिरहेको नेपाल ‘ए’ लाई पहिलो बलमै झड्का



काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ लाई पहिलो बलमै झड्का लागेको छ । अमर खालिदको बलमा मयन यादव आउट भएका हुन् । मयन साइडको बलमा एलबीडब्लू आउट भएका थिए ।

अमर खालिदले नेपालमा पहिलो पटक खेल खेल्दैछन् । नेपालले तेस्रो नम्बरमा शेर मल्ललाई ब्याटिङमा पठाएको छ । शेर बायाँ हातले ब्याटिङ गर्ने गर्दछन् । उनले बलिङतर्फ आज तीन विकेट लिएका थिए ।

ताजा अवस्थामा नेपालले २ ओभरमा १ विकेट गुमाएर १२ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot