Logo

गिरिबन्धुबारे ओली: मैले बदमासी गरेको छैन्, कांग्रेसको पालामा ७० बिघा जमिन सित्तैमा दिइएको छानबिन गर



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टि-स्टेट्सका मुद्दामा आफ्नो कुनैपनि संलग्ना नरहेको प्रष्ट पारेका छन् ।

आजबाट सुरु भएको एमालेको सातौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले बाहिर मिडियामा आएजस्तो आफूले कुनैपनि बदमासी नगरेको र आफ्नो पालमा जग्गा सट्टाभर्नाको कुनैपनि निर्णय नभएको दाबी गरेका हुन् ।

ओलीले गिरिबन्धुमा कांग्रेसको पालामा ७० बिगाहा जमिन सित्तैमा दिइएको दाबी गर्दै त्यसलाई बरु छानबिन गर्न चुनौती दिएका छन् । ‘गिरिबन्धु सम्बन्धमा अदालतले फैसला गरेको छ, कानून बनाएर सट्टापट्टा गर्न दिनु भनेर । हामीले कानून बनाएको हो । तर, हाम्रो समयमा जग्गाको लेनदेन भएको छैन,’ उनले भने, ‘हाम्रो समयमा तलमाथि भएको छैन, विरोधीले खुब प्रचार गर्न खोजेका छन् । कांग्रेसको पालमा ७० बिगाहा जमिन सित्तैमा दिइएको छ । त्यसको छानबिन हुनु पर्दैन ?’

ओली नेतृत्वको तत्कालीन सरकारले मन्त्रिपरिषद्बाट ऐन संशोधन गरेर हदबन्दीभन्दा धेरै जग्गा अन्यत्त राख्न पाउने व्यवस्था गरिदिएको थियो । जसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । अधिवक्ता ओमप्रकाश शर्मासहितले दायर गरेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले माघ २४ गते तत्कालीन सरकारको निर्णब बदर गरिदिएको थियो ।



प्रतिक्रिया दिनुहोस्