Logo

कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी ठगी मुद्दामा पक्राउ



काठमाडौं, ८ फागुन । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पक्राउ गरेका छन् । सहकारी ठगी मुद्दामा प्रहरी वृत्त बानेश्वरले उनलाई पक्राउ गरेको हो । सहकारी ठगी मुद्दामा ठकुरीसहित छ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रत सहकारी घोषणा गर्ने निर्णय गरेको थियो । उक्त सहकारीले बचतकर्ताहरुको रमक फिर्ता गर्न सकिरहेको छैन । कान्तिपुरका सञ्चालकहरुले बचतकर्ताको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot