Logo

हाम्रो पार्टीका साथीहरुले नकारात्मक धन्दाको खेती गरिरहेका छन्ः प्रकाशशरण महत



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले पार्टीका केही मानिसहरुले नकारात्मक धन्दा गरिरहेको बताएका छन् । आज (मंगलबार) महासमिति बैठकलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरुले पार्टी विरुद्ध नकारात्मक सन्देश जाने काम गरिरहेको बताएका हुन् । उनले कांग्रेस पनि केही काम छैन भनेर कांग्रेसमै आवद्ध व्यक्तिहरुले भनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

‘खास गरेर हाम्रो पार्टीका साथीहरुले नकरात्मक कुरा गर्न छोडेर, नकारात्मक धन्दा गरेर, स्थापित पार्टी नेपाली कांग्रेस पनि केही काम छैन भनेर खेति गरिरहेका छन् । त्यसको जवाफ भने आत्मविश्वास बढाउने हो । अब नेपालमा आर्थिक भविष्य छ,’– उनले भने ।

साथै, उनले निराश नहुनसमेत आग्रह गरे । अब नेपालको भविष्य सुरु भएको उनको दाबी छ । सबैले केही गर्न सकिन्छ र केही हुन्छ भन्ने आत्मविश्वास जगाउन आवश्यक रहेको बताए । अब नेपालको आर्थिक भविष्य सुरु भएको र यही रोजगारी सिर्जना र वृद्धि हुने मन्त्री महतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot