Logo

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा



काठमाडौं, ८ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२ स्थित डेरी बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । डेरी बजारमा आजदेखि शाखारहित बैंकिङ्ग सेवा सञ्चालन आएको हो । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरेका थिए ।

शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक देशको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५५ शाखा कार्यालय, तीन सय ७८ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय .समेत गरी एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ ४६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बैंकको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्