Logo

नामिबियाविरुद्ध ऐरी र कामीको पनि चलेन ब्याट, नेपाललाई आठौं झड्का



काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले आठौं विकेट पनि गुमाएको छ ।

नेपालले आठौं विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । खेलको ३३।५ ओभरमा निकोल लोफ्टिइटनको बलमा सोमपाल आउट भएका हुन् । उनले ४ रन जोडेका थिए ।

सोही ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनले पनि १८ बलमा मात्र ६ रन जोड्न सके । लोफ्टीलाई अघि बढेर खेल्ने धुनमा मिस भएपछि अलराउन्डर ऐरी ६ रनमा स्टम्पिङ आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले ८ विकेट गुमाएर १५६ रन जोडेको छ । नेपालको क्रिजमा आशाका किरणका रुपमा २६ रन जोडेर भीम सार्की संघर्ष गरिरहेका छन् । उनलाई ४ रन जोडेर करण केसीले साथ दिईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot