Logo

सीतापाइलामा २ छोरीसहित मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा फेला



काठमाडौं,९ फागुन । काठमाडौंको सीतापाइलामा तीन जनाको शव फला परेको घटनामा थप एक जना पनि झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आज बिहान नागार्जुन नगरपालिकामा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरीहरु मृत फेला परेका थिए । सोलुखुम्बु घर भई सीतापाइला बस्ने ईश्वरी श्रेष्ठसहित उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका थिए भने भर्खरै उनका श्रीमान राजु घिमिरे (सुनार) को पनि शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । को शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आमा र दुई छोरीको हत्या गरी श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ । अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।



प्रतिक्रिया दिनुहोस्